रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह नेकपा एमाले छोडेर आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन्। आइतबार आयोजित कार्यक्रममा उनीसहित केही वडा अध्यक्षहरू पनि आजपामा प्रवेश गरेका हुन्। आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन्।


