Friday, June 05, 2026
Home > स्थानीय समाचार > रुकुमपूर्वको रुकुमकोटमा ५० शय्याको नयाँ अस्पताल सञ्चालनमा

रुकुमपूर्वको रुकुमकोटमा ५० शय्याको नयाँ अस्पताल सञ्चालनमा

रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ रुकुमकोटमा नयाँ अस्पताल भवन सञ्चालनमा आएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भवन उद्घाटन गर्दै स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिइएको बताए। ५० शय्याको अस्पतालले अब अन्तरङ्ग सेवा, प्रयोगशाला, एक्स–रे, दन्त उपचार, फिजियोथेरापी र प्रसूति सेवा उपलब्ध गराउनेछ। अस्पताल सञ्चालनसँगै स्थानीयलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *