झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ मेची राजमार्गमा तीन मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
चारआलीबाट बुधबारेतर्फ र विपरीत दिशाबाट आइरहेका तीन मोटरसाइकल ठोक्किँदा इलाम नगरपालिका–६ का २५ वर्षीय भूपेन्द्र श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। उपचारका लागि अस्पताल लगिए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा चार जना घाइते भएका छन् र उनीहरूको बिर्तामोडस्थित अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


