Friday, June 05, 2026
Home > खेलकुद समाचार > गण्डकीले लुम्बिनीलाई ८ विकेटले हरायो, अर्जुन कुमालको दोस्रो शतक

गण्डकीले लुम्बिनीलाई ८ विकेटले हरायो, अर्जुन कुमालको दोस्रो शतक

काठमाडाैं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा अर्जुन कुमालले दोस्रो शतक प्रहार गरेका छन्। उनको अविजित १०३ रनको मद्दतमा गण्डकीले लुम्बिनीलाई ८ विकेटले पराजित गरेको हो।

लुम्बिनीले दिएको २०७ रनको लक्ष्य गण्डकीले ४४.१ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो। कुमाल र सिव्रिन श्रेष्ठले पहिलो विकेटका लागि ९५ रनको साझेदारी गरे। सिव्रिन ४३ रन बनाएर आउट भए।

यसअघि पनि कुमालले कोशीविरुद्ध १०२ रन बनाएका थिए। उनी प्रतियोगितामा सर्वाधिक रनकर्ताको सूचीमा शीर्षस्थानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *