Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > अनौपचारिक श्रमिकमा ज्याला असमानता र जोखिम कायमै

अनौपचारिक श्रमिकमा ज्याला असमानता र जोखिम कायमै

कञ्चनपुर । अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक अझै पनि जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य रहेको पाइएको छ। इँट्टा उद्योग, निर्माण, कृषि र घरेलु काममा सुरक्षा सामग्री बिना काम गरिँदा अवस्था कमजोर बनेको छ।

अध्ययनअनुसार महिलाले पुरुषभन्दा करिब ३३ प्रतिशत कम ज्याला पाउने, समयमा पारिश्रमिक नपाउने र दबाबमा काम गर्नुपर्ने अवस्था कायम छ। मुक्त कमैया, हलिया र हरवा–चरवा समुदायमा श्रम स्वतन्त्रता पनि कमजोर देखिएको छ।

श्रम कानुन र सामाजिक सुरक्षा कार्यान्वयन प्रभावकारी नहुँदा अनौपचारिक श्रमिकको अवस्था जटिल बनेको सरोकारवालाहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *