बारा । जगदम्बा स्टिलले पर्सा राष्ट्रिय निकुञ्जको करिब २५ बिघा जग्गा अतिक्रमण गरेको विषयमा अनुसन्धान सुरु भएको दुई वर्ष बितिसक्दा पनि ठोस कारबाही अघि बढ्न सकेको छैन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेपछि नापी र स्थानीय निकायले प्रतिवेदन बुझाए पनि फाइल वन विभाग र निकुञ्जबीच घुमिरहेको बताइएको छ।
उद्योगले निकुञ्जको जग्गामा संरचना निर्माण र खोलालाई ढलान गरी प्रयोग गरेको आरोप छ। सरोकारवालाहरूले तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन्।


