तुलसीपुर: चेतनारायण आचार्य ले संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई ठाडो निर्देशन दिन नहुने बताएका छन्।
दाङको तुलसीपुर उपमहानगरपालिकाको ३४औँ स्थापना दिवसमा बोल्दै उनले संविधानअनुसार प्रदेश र स्थानीय सरकार स्वायत्त भएको भन्दै समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे।
मुख्यमन्त्री आचार्यले संघीय सरकारका केही निर्णय र निर्देशनप्रति असन्तुष्टि जनाउँदै तीन तहबीच समन्वय मजबुत हुनुपर्नेमा जोड दिएका छन्।


