झापा — कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु भएको छ।१५ जना मलामी लिएर जाँदै गरेको ट्याक्टरबाट खस्दा २५ वर्षीय विनोद दनुवार गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनलाई अस्पताल लगिए पनि पछि मृत्यु भएको प्रहरीले जनाएको छ।ट्याक्टर चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको छ।


