Friday, June 05, 2026
Home > स्थानीय समाचार > इनरुवा सडक निर्माणमा गुणस्तर विवाद, स्थानीयको विरोध

इनरुवा सडक निर्माणमा गुणस्तर विवाद, स्थानीयको विरोध

सुनसरी । इनरुवा नगरपालिका–९ बबिया यादव टोलमा निर्माणाधीन सडकको गुणस्तर कमजोर भएको भन्दै स्थानीयले विरोध जनाएका छन्।

बबिया शुक्रबारे हाटदेखि सतैरझोरा हुँदै बबिया सहकारीसम्मको सडक निर्माणमा मापदण्डअनुसार काम नभएको आरोप स्थानीयको छ। पुरानो कालोपत्र उचित आधार (बेस) बिना पुनः प्रयोग गरिएको र कमसल सामग्री प्रयोग गरिएको उनीहरूको भनाइ छ।

स्थानीय तथा इन्जिनियर शंकर यादवले यस्तो लापरबाहीले सडक टिकाउ नहुने भन्दै राज्यको बजेट दुरुपयोग भइरहेको बताए।सडक निर्माणका लागि करिब २ करोड १२ लाख रुपैयाँभन्दा बढी लागतमा ठेक्का सम्झौता भए पनि गुणस्तर सुनिश्चित नभएको स्थानीयको गुनासो छ। उनीहरूले पारदर्शिता र मापदण्डअनुसार काम गर्न माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *