Friday, June 05, 2026
Home > स्थानीय समाचार > कालीगण्डकीमा बेपत्ता दुईमध्ये एकको शव फेला

कालीगण्डकीमा बेपत्ता दुईमध्ये एकको शव फेला

पाल्पाको बगनासकालीस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ।

नयाँ वर्षको दिन नदीमा पौडी खेल्ने क्रममा चार जना सहभागी भएकामा दुई जना बेपत्ता भएका थिए। तीमध्ये २९ वर्षीय तोयानाथ बस्यालको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

अर्का बेपत्ता ३९ वर्षीय शरण भुसालको खोजी जारी छ। दुई जना भने पौडिएर ज्यान जोगाउन सफल भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *