देशका विभिन्न स्थानमा प्रहरीले गरेको अपरेशनमा लागुऔषधसहित १३ जनालाई पक्राउ गरिएको छ।
काठमाडौँको बालाजु, ललितपुर, झापा, सुनसरी, नवलपरासी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट खैरो हेरोइन, गाँजा, डिजिटल तराजु र नगदसहित उनीहरू पक्राउ परेका हुन्।
विमानस्थलबाट मात्रै तीन किलोभन्दा बढी गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् भने अन्य स्थानमा ट्रामाडोल लगायतका लागुऔषधसहित व्यक्तिहरू नियन्त्रणमा लिइएका छन्।


