काठमाडौं — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कर्मचारीका लागि ९ बुँदे आचारसंहिता लागू गरेको छ।
आचारसंहिताअनुसार कर्मचारीले समयमै उपस्थित हुन, तोकिएको पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्नेछ। काम सकेसम्म सोही दिन वा भोलिपल्टभित्र सम्पन्न गर्नुपर्ने तथा ढिलाइ भएमा जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।
सेवा प्रवाहमा वृद्ध, अशक्त र गर्भवतीलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै कार्यालय अनुशासन, सफाइ र स्रोतको मितव्ययी प्रयोगमा जोड दिइएको छ।


