शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सन्तोष पोखरेलले नेपालका लागि बेलायतका राजदूत रब फेनसँग भेटघाट गर्दै बेलायतलाई नेपालका सातवटै प्रदेशमा सञ्चालन हुन लागेको ‘अटिजम’ स्कुललाई सहयोग गर्न आग्रह गरेका छन्। मन्त्री पोखरेलले विद्यालयको स्रोत र जनशक्ति विकासमा बेलायतको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै राजदूत फेनसँग सहकार्यको अवसरबारे छलफल गरेका थिए।


