काठमाडौँ, वैशाख ३ – पूर्वी नाका भन्सारमा राजस्व चुहावट नियन्त्रण गर्न कडाइ गरिएपछि अब १०० रुपैयाँका सामान ल्याउँदा पनि भन्सार महसुल अनिवार्य बनाइएको छ। काँकडभिट्टा र विराटनगरका रानी नाकामा भारतीय सीमावर्ती बजारबाट खाद्यवस्तु र घरायसी सामान ल्याउँदा सशस्त्र प्रहरीले कडाइ गर्न थालेको हो।
सशस्त्र प्रहरी बलले कोशी प्रदेशका सीमा नाकामा भन्सार महसुल नबुझाइ सामान ल्याउनेलाई कानूनी कारबाही गर्ने चेतावनी दिएको छ। पछिल्लो समयमा ७५ वटा घर र होटलबाट अवैध तस्करी गर्ने काम फेला परेको र त्यस्ता गतिविधि नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा गरिएको छ।
प्रमुख जिल्ला अधिकारी युवराज कटेलले अवैध तस्करी रोक्न सशस्त्र प्रहरीले प्रभावकारी कदम चालेको जानकारी दिएका छन्।


