Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > शशांक कोइरालाको चेतावनी: खड्कामाथिको स्पष्टीकरणले कांग्रेस एकता कमजोर

शशांक कोइरालाको चेतावनी: खड्कामाथिको स्पष्टीकरणले कांग्रेस एकता कमजोर

काठमाडौँ, वैशाख ३ – नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीभित्रको एकता जोगाउन आग्रह गरेका छन्। उनले नेता पूर्णबहादुर खड्का लाई सोधिएको स्पष्टीकरणले बृहत् एकतामा बाधा पुग्ने बताएका छन्।

विज्ञप्ति जारी गर्दै कोइरालाले कांग्रेस अहिले कमजोर अवस्थामा रहेको उल्लेख गर्दै आन्तरिक विवादले लोकतन्त्रमा समेत असर पार्न सक्ने चेतावनी दिएका छन्। अदालतमा मुद्दा विचाराधीन रहेका बेला यस्तो कदमले पार्टीलाई थप संकटतर्फ धकेल्ने उनको भनाइ छ।

उनले पार्टीभित्र रुपान्तरणभन्दा पनि एकता अपरिहार्य भएको भन्दै सबैलाई एकजुट हुन अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *