Friday, June 05, 2026
Home > आर्थिक समाचार > टाटा टियागो ईभीमा बाइक–स्कुटर एक्सचेन्ज अफर

टाटा टियागो ईभीमा बाइक–स्कुटर एक्सचेन्ज अफर

काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘स्विच टु टियागो ईभी’ नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ।

अप्रिल १७ देखि २०, २०२६ सम्म सञ्चालन हुने अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर टाटा टियागो ईभी खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार केवल ४ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा कार लिन सकिनेछ।

योजनामा आकर्षक मूल्याङ्कन, नगद छुट, निःशुल्क एक्सेसरिज, एक वर्ष सवारी कर छुट, तथा निःशुल्क होम चार्जिङ इन्स्टलेसन लगायत सुविधा उपलब्ध हुनेछन्। साथै आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ र लक्की ड्रमार्फत आइफोन–१७ प्रो म्याक्स जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *