Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चको सुनुवाइ आज पनि जारी, आदेश आउन सक्ने

कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चको सुनुवाइ आज पनि जारी, आदेश आउन सक्ने

काठमाडौं– नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी रिटमा सर्वोच्च अदालतमा सुनुवाइ आज पनि निरन्तर हुने भएको छ। सुनुवाइ नसकिएकाले मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ र आजै आदेश आउने सम्भावना रहेको बताइएको छ।

पूर्व सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णयविरुद्ध रिट दायर गरेका थिए। देउवा पक्ष र सरकारी वकिलको बहस सकिए पनि आज विपक्षीका तर्फबाट प्रतिरक्षा बहस हुने छ।

बहस सकिएपछि अदालतले आजै आदेश दिन सक्ने सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *