जकार्ता– इन्डोनेसियाको बोर्नियो टापुको घना जंगलमा निजी हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका २ सदस्यसहित ८ जनाको मृत्यु भएको छ।
उडान भरेको करिब पाँच मिनेटमै हेलिकोप्टरको हवाई नियन्त्रणसँग सम्पर्क टुटेको र पछि खोजी टोलीले दुर्घटनास्थल फेला पारेको अधिकारीहरूले जनाएका छन्। विमानमा एक मलेसियाली नागरिक पनि सवार रहेको पुष्टि भएको छ।
सबै यात्रु र चालक दलका सदस्यको मृत्यु भएको पुष्टि गरिएको छ भने शवहरू प्रान्तीय राजधानीतर्फ पठाइएको छ।


