Friday, June 05, 2026
Home > स्थानीय समाचार > रुकुमपूर्वमा मन्दिर पुनर्निर्माणमा विवाद, सडक मापदण्ड मिचेको आरोप

रुकुमपूर्वमा मन्दिर पुनर्निर्माणमा विवाद, सडक मापदण्ड मिचेको आरोप

रुकुमपूर्व– सिस्ने गाउँपालिका–६ स्थित विन्ध्यावासिनी मन्दिर पुनर्निर्माण योजनामा सडक मापदण्ड उल्लंघन गरिएको भन्दै विवाद चर्किएको छ।

मन्दिर परिसरमा सटरसहित संरचना बनाउन लागिएको भन्दै स्थानीय र व्यवसायीहरूले विरोध गरेका छन्। उनीहरूले धार्मिक स्थलमा व्यावसायिक संरचना जोड्नु गलत भएको बताएका छन्।

मन्दिर व्यवस्थापन समितिले भने परियोजना विधिसम्मत भएको दाबी गरेको छ। तर स्थानीय सरकारको स्पष्ट धारणा नआउँदा अन्योल बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *