काठमाडौं– त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि तेस्रोपटक जितेको छ।
वीरगन्जमा भएको फाइनलमा आर्मीले सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै १६२ रनको लक्ष्य ३४.३ ओभरमा पूरा गर्यो। इम्रान शेख (४६*) र बसिर अहमद (४५) ले महत्वपूर्ण साझेदारी गर्दै जित दिलाए।
यसअघि २०१७ र २०२१ मा पनि उपाधि जितेको आर्मीले पुनः च्याम्पियन बनेको हो भने पहिलोपटक फाइनल पुगेको सुदूरपश्चिम उपविजेतामै सीमित भयो।


