Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > चिकित्सक र स्वास्थ्यकर्मीलाई तोकिएको समयभन्दा बढी काममा नलगाउन श्रम मन्त्रालयको आग्रह

चिकित्सक र स्वास्थ्यकर्मीलाई तोकिएको समयभन्दा बढी काममा नलगाउन श्रम मन्त्रालयको आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी र नर्सिङ स्टाफलाई कानुनले तोकेको समयभन्दा बढी काममा नलगाउन अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ।

मन्त्रालयका अनुसार केही संस्थामा श्रम सम्झौता नगरी वा तोकिएको समयभन्दा बढी काम गराइएको भन्दै गुनासो आएपछि यो निर्देशन जारी गरिएको हो। श्रम ऐन, २०७४ अनुसार कर्मचारीलाई सामान्यतया प्रतिदिन ८ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी काममा लगाउन पाइँदैन। अतिरिक्त समय काम गराउनुपरे पनि कानुनी सीमाभित्र मात्र गर्नुपर्ने व्यवस्था छ।

मन्त्रालयले नियम उल्लंघन भए श्रम ऐनअनुसार कारबाही हुने चेतावनी पनि दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *