Friday, June 05, 2026
Home > स्थानीय समाचार > तामाकोसीमा जेटबोट र र्‍याफ्टिङ सेवा सुरु

तामाकोसीमा जेटबोट र र्‍याफ्टिङ सेवा सुरु

रामेछापको मन्थली भएर बग्ने तामाकोसी नदीमा अब जेटबोटसँगै र्‍याफ्टिङ सेवा पनि औपचारिक रूपमा सञ्चालनमा आएको छ। एक वर्षको परीक्षणपछि जेटबोटलाई व्यवसायिक बनाउँदै नयाँ वर्ष २०८३ देखि र्‍याफ्टिङ सेवा थपिएको हो।

तामाकोसी मरिण एड्भेञ्चर प्रालिले सञ्चालन गरिरहेको यो सेवामा दैनिक करिब ४० जना पर्यटकले सहभागिता जनाइरहेका छन्। जेटबोट करमबोटदेखि मन्थली घाटसम्म चल्ने गरेको छ भने भविष्यमा खुर्कोटसम्म विस्तार गर्ने योजना छ।

जेटबोटको दूरीअनुसार ३५० देखि १००० रुपैयाँसम्म शुल्क तोकिएको छ। र्‍याफ्टिङका लागि दूरीअनुसार १५०० देखि २५०० रुपैयाँसम्म लाग्नेछ।

यो सेवाले मन्थलीको पर्यटन प्रवर्द्धन, स्थानीय अर्थतन्त्र र रोजगारीमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *