काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज दिउँसो ३:३० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्दैछ।
बैठकमा संगठन सुदृढीकरण, जिल्ला अधिवेशन कार्यविधि, बैंक खाता सञ्चालन र विभिन्न आयोग तथा सल्लाहकार परिषद् गठनका विषयमा छलफल हुनेछ।
साथै, आगामी महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन मस्यौदा समिति गठन र नयाँ योजनाहरू अघि बढाउने एजेन्डा पनि तय गरिएको छ।


