Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > देशभर भिटामिन ‘ए’ अभियान सुरु, २२ लाख बालबालिका लाभान्वित

देशभर भिटामिन ‘ए’ अभियान सुरु, २२ लाख बालबालिका लाभान्वित

काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले आजदेखि दुई दिन देशभर भिटामिन ‘ए’ अभियान सञ्चालन गरेको छ।

६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र १–५ वर्षका करिब २० लाखलाई जुकाविरुद्धको अलबेन्डाजोल खुवाइँदैछ।

कार्यक्रमका लागि देशभर खोप केन्द्र स्थापना गरी हजारौं स्वास्थ्यकर्मी र महिला स्वयंसेविका परिचालन गरिएका छन्।

यस अभियानले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै कुपोषण र आँखा सम्बन्धी समस्या घटाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *