Friday, June 05, 2026
Home > स्थानीय समाचार > रुपनी बजारको सार्वजनिक जग्गा निजीकरण विवाद

रुपनी बजारको सार्वजनिक जग्गा निजीकरण विवाद

सप्तरीको रुपनी गाउँपालिकामा सार्वजनिक जग्गा जनप्रतिनिधिकै मिलेमतोमा निजी नाममा पास गरिएको खुलासा भएको छ। अध्यक्ष दिनेशकुमार यादवले रोक्का जग्गा फुकुवा गराएको र वडाध्यक्ष लिला यादवले झुठो सिफारिसमार्फत आफ्नै परिवारको नाममा जग्गा सारिएको आरोप छ।

करिब ५० वर्षदेखि स्थानीयले प्रयोग गर्दै आएको जग्गामा अहिले पनि घर र सार्वजनिक संरचना छन्। स्थानीयले यसलाई गैरकानुनी भन्दै विरोध गरेका छन् भने सम्बन्धित पक्षले त्रुटि सच्याउने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *