विराटनगर — कोशी प्रदेशका सुनसरी पोल्ट्री फार्म र मोरङको बूढीगंगास्थित पूर्वाञ्चल ग्रुपको फार्ममा बर्डफ्लु फैलिँदा करिब २ लाख २७ हजार कुखुरा नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ। सुनसरी र मोरङका फार्ममा संक्रमण पुष्टि भएपछि ‘कुलिङ’ अभियान अघि बढाइएको हो।
संक्रमणका कारण हजारौं कुखुरा पहिल्यै मरेका छन् भने बाँकीलाई पनि रोग फैलिन नदिन मार्नुपर्ने अवस्था आएको छ। ठूलो संख्यामा कुखुरा नष्ट गर्न जनशक्ति र व्यवस्थापनमा चुनौती देखिएको छ।
यस घटनाले पोल्ट्री व्यवसायमा ठूलो क्षति पुगेको छ भने प्रशासनले प्रभावित क्षेत्रमा कडा नियन्त्रण र कुखुराजन्य वस्तुको ओसारपसारमा रोक लगाएको छ।


