जनकपुर । धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरस्थित जनकपुर रिफाइनरीमा गए राति आगलागी हुँदा करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगलागीबाट उद्योगका बहुमूल्य मेसिनहरू पूर्ण रूपमा नष्ट भएका छन्। जनकपुर, महेन्द्रनगर र ढल्केबरबाट पुगेका वारुणयन्त्रसहित सुरक्षाकर्मी र स्थानीयको सहयोगमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।
आगलागीको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


