काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष निर्वाचित सांसद नरहेका निर्वाचन क्षेत्रमा समानुपातिक सांसदहरूलाई जिम्मेवारी दिने निर्णय गरेको छ।
आइतबार बसेको सचिवालय बैठकले यस्तो व्यवस्था लागू गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार ती क्षेत्रमा पार्टीको उपस्थिति र गतिविधि प्रभावकारी बनाउन यो कदम चालिएको हो।
सम्बन्धित निर्वाचन क्षेत्रको विस्तृत सूची भने भोलि बस्ने केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने तयारी गरिएको छ।


