वीरगञ्ज — सडक विस्तारका क्रममा अतिक्रमित संरचना हटाइँदा वीरगञ्जमा विद्युत र इन्टरनेट सेवा प्रभावित भएको छ।
सडक डिभिजन कार्यालय हेटौँडाले आइतबार बिहानदेखि मुख्य सडक क्षेत्रमा संरचना हटाउने काम सुरु गरेपछि सेवा अवरुद्ध भएको हो।
नेपाल विद्युत प्राधिकरणका अनुसार मर्मत कार्य जारी रहेकाले वैशाख ८ गतेसम्म विद्युत आपूर्तिमा समस्या हुन सक्नेछ। संरचना हटाउने काम सकिएपछि मर्मतलाई तीव्र बनाइने बताइएको छ।


