काठमाडौं । सर्वोच्च अदालतले न्याय प्रणालीलाई प्रभावकारी र पारदर्शी बनाउन देशभरका अदालतहरूको अनुगमन तीव्र बनाएको छ।
यसका लागि उच्च अदालत र जिल्ला अदालतहरूमा न्यायाधीशहरूलाई स्थलगत निरीक्षणका लागि खटाइएको छ। हाल केही स्थानको अनुगमन सम्पन्न भइसकेको छ भने केहीमा जारी रहेको छ।
अनुगमनका क्रममा मुद्दा फर्छ्योट, सेवा प्रवाह, कर्मचारी व्यवस्थापन र न्याय सम्पादनको अवस्था जाँचिनेछ। सर्वोच्चले यसलाई न्याय प्रणाली सुधार र जनविश्वास बढाउने महत्वपूर्ण कदमका रूपमा लिएको छ।


