काठमाडौं । पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने विषय अफवाह भएको तारामान गुरुङले स्पष्ट पारेका छन्।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक गुरुङका अनुसार उजुरीका आधारमा पार्टी नेता–कार्यकर्तामाथि कारबाही प्रक्रिया अघि बढाइनेछ।
उनले खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने कुनै निर्णय नभएको भन्दै हालसम्म प्राप्त उजुरीमाथि छानबिन र आवश्यक कारबाही जारी रहने बताए।


