Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > मलेसियाको सबाहमा भीषण आगलागी, १ हजार घर नष्ट

मलेसियाको सबाहमा भीषण आगलागी, १ हजार घर नष्ट

एजेन्सी । मलेसियाको सबाह राज्यको सान्दाकान जिल्लामा भएको भीषण आगलागीमा करिब १ हजार घर जलेर नष्ट भएका छन् भने ९ हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।

आगलागी आइतबार राति पानीमाथि बनाइएका काठका बस्ती (वाटर भिलेज) बाट सुरु भएको बताइएको छ। तीव्र हावा र घना बस्तीका कारण आगो छिटो फैलिएको थियो।

स्थानीय अधिकारीका अनुसार मानवीय क्षति नभए पनि ठूलो संख्यामा मानिस विस्थापित भएका छन्।

सरकारले पीडितका लागि राहत र अस्थायी आवासको व्यवस्था गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *