बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको दोस्रो बैठक आज दिउँसो ३ बजे बस्दै छ।
असिम शाहको संयोजकत्वमा बनेको कार्यदलको बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ।
बैठकमा राजनीतिक दलका धारणा, संविधान संशोधनका मुख्य मुद्दा र आगामी कार्ययोजनाबारे छलफल हुने जनाइएको छ।


