Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सरकारले सूचना प्रविधि अध्ययन कार्यदल गठन गर्‍यो, प्रहरी प्रतिष्ठानको जग्गा निर्णय उल्टायो

सरकारले सूचना प्रविधि अध्ययन कार्यदल गठन गर्‍यो, प्रहरी प्रतिष्ठानको जग्गा निर्णय उल्टायो

सरकारले सरकारी निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधि प्रणालीबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ। सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा बनेको यो कार्यदलले सरकारी आईटी प्रणालीको अवस्था र सुधार आवश्यकताबारे अध्ययन गर्नेछ।

मन्त्रिपरिषद् बैठकले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा सम्बन्धी पुरानो निर्णय उल्टाउँदै उक्त जग्गा पुनः प्रतिष्ठानकै प्रयोगमा रहने निर्णय पनि गरेको छ।

त्यस्तै, एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा सञ्चालन हुने पानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाका लागि वित्तीय सम्झौता वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली गठन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *