सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने पुरानो निर्णय खारेज गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २०७५ सालको उक्त निर्णय उल्टाउँदै जग्गा पुनः प्रहरी प्रतिष्ठानकै मातहतमा ल्याउने निर्णय गरेको हो।


