Friday, June 05, 2026
Home > खेलकुद समाचार > नेपाल ‘ए’को २८४ रन, ओमानलाई २८५ को लक्ष्य

नेपाल ‘ए’को २८४ रन, ओमानलाई २८५ को लक्ष्य

काठमाडौँ । नेपाल ‘ए’ टिमले ओमानविरुद्ध २८५ रनको लक्ष्य दिएको छ। मूलपानीमा भएको खेलमा नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८४ रन बनायो।

इशान पाण्डे (६९), देव खनाल (६४) र कुशल मल्ल (५७) ले अर्धशतक प्रहार गर्दै टोलीलाई बलियो स्कोरमा पुर्‍याए।

नेपाल पहिलो खेलको हारपछि जितको खोजीमा रहेको छ भने ओमान लगातार दोस्रो जितको प्रयासमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *