काठमाडौं । थापाथलीबाट ल्याइएका सुकुम्वासी परिवारको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ‘स्क्रिनिङ’ तथा विवरण संकलन भइरहेको छ।
शनिबार दिउँसोसम्म २३ परिवारको लगत संकलन गरिएको छ भने दर्ता प्रक्रियामा परेका ४ परिवारलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग केन्द्रमा स्थानान्तरण गरिएको छ।
सरकारले अस्थायी ‘सेल्टर’मा बसोबासको व्यवस्था गरेपछि दोस्रो चरणमा जमिन उपलब्ध गराउने तयारी रहेको जनाएको छ।


