काठमाडौं – नेपाल राष्ट्रिय क्रिकेट टोली ले यूएई राष्ट्रिय क्रिकेट टोली विरुद्ध आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ३७ रनको शानदार जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला मा शनिबार भएको खेलमा नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएई १६३ रनमै समेटियो।
नेपालका करण केसी ले ४ विकेट लिँदै जितमा निर्णायक भूमिका खेले। सन्दीप लामिछाने र सोमपाल कामी ले समान २–२ विकेट लिए।
यसअघि नेपालका लागि दीपेन्द्र सिंह ऐरी ले ७५ रनको उत्कृष्ट इनिङ खेले।
यस जितसँगै नेपालले तालिकामा १४ अंक जोडेको छ भने यूएई १० अंकमा सीमित रहेको छ।


