स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा २,७०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढ्दै ४ हजार ९९५ रुपैयाँ पुगेको छ। महासंघका अनुसार शुक्रबारको तुलनामा दुवै धातुको मूल्यमा वृद्धि भएको हो।


