Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > ट्रम्पद्वारा पाकिस्तान भ्रमण रोक, इरानलाई वार्ताका लागि फोन गर्न सुझाव

ट्रम्पद्वारा पाकिस्तान भ्रमण रोक, इरानलाई वार्ताका लागि फोन गर्न सुझाव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानी अधिकारीहरूसँग वार्ता गर्न जान लागेका आफ्ना दूतहरूलाई पाकिस्तान भ्रमण नगर्न निर्देशन दिएका छन्।

उनले १८ घण्टाको लामो यात्रा र “निरर्थक वार्ता”मा समय खर्च नगर्ने भन्दै भ्रमण रोकिएको बताएका छन्। ट्रम्पले इरानलाई आवश्यक परे सिधै अमेरिका सम्पर्क गर्न सक्ने पनि टिप्पणी गरेका छन्।

यसबीच इरानी विदेशमन्त्री अब्बास अरागचीले पाकिस्तान र ओमान भ्रमणपछि शान्ति प्रयासमा प्रगति भएको बताएका छन् भने अमेरिकी कूटनीतिक प्रतिबद्धताबारे प्रश्न उठाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *