सरकारद्वारा गठित संविधान संशोधन कार्यदलले संविधानविद्हरूसँग छलफल सुरु गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भइरहेको छलफलमा विज्ञहरूले संशोधनसम्बन्धी सुझाव दिएका छन्। यसअघि कार्यदलले राजनीतिक दलहरूसँग पनि परामर्श गरिसकेको थियो।
असिम शाह नेतृत्वको कार्यदलले विभिन्न पक्षबाट सुझाव संकलन गर्दै संशोधन प्रक्रिया अघि बढाइरहेको छ।


