Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > दीपक साह बने श्रममन्त्री, पूर्वमन्त्रीलाई हराएर मन्त्रालयको नेतृत्व

दीपक साह बने श्रममन्त्री, पूर्वमन्त्रीलाई हराएर मन्त्रालयको नेतृत्व

जनकपुरधाम, १३ चैत। महोत्तरी–२ बाट निर्वाचित रास्वपा नेता दीपक कुमार साह श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन्। उनले यही मन्त्रालय सम्हालिरहेका अनुभवी नेता शरतसिंह भण्डारीलाई निर्वाचनमै पराजित गरेका थिए।

स्वास्थ्य क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका साह पहिलो पटक चुनाव जितेर मन्त्री बनेका हुन्। जनस्वास्थ्यमा उच्च शिक्षा हासिल गरेका उनले अन्तर्राष्ट्रिय संस्थामा काम गरेको अनुभव पनि छन्।

नयाँ अनुहारका रूपमा उदाएका साहले अब श्रम मन्त्रालय सम्हाल्दै बेरोजगारी लगायतका समस्या समाधान गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *