Friday, June 05, 2026
Home > विराटनगर समाचार > अटो सर्भिस सेन्टरमा आगलागी, विराटनगरमा २३ लाखको क्षति

अटो सर्भिस सेन्टरमा आगलागी, विराटनगरमा २३ लाखको क्षति

विराटनगर–३ स्थित ‘भूमि अटो सर्भिस सेन्टर’मा बिजुली सर्ट भई आगलागी हुँदा करिब २३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। घटनामा मर्मतका लागि राखिएको एक कार पूर्ण रूपमा जलेर नष्ट भएको छ भने अर्को कारमा आंशिक क्षति पुगेको छ।

आगो निभाउने क्रममा सञ्चालक सामान्य घाइते भएका छन् र उपचार भइरहेको छ। स्थानीयको सहयोगमा करिब आधा घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *