चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै करिब २ अर्ब ९८ करोड रुपैयाँ बराबरका विद्युतीय सवारीसाधन आयात भएका छन्।
गत वर्षको तुलनामा यो आयात झण्डै दोब्बर (१०२ प्रतिशत) ले बढेको भन्सार कार्यालयले जनाएको छ। यस अवधिमा विद्युतीय जिप, कार, भ्यान, मोटरसाइकल र तीन पाङ्ग्रे सवारीको आयात उल्लेख्य रूपमा बढेको छ।
अधिकारीका अनुसार विशेषगरी विद्युतीय सवारीको माग बढ्दै जाँदा आयातमा तीव्र वृद्धि देखिएको हो।


