झापा — दमक नगरपालिका–९ अडियाममा नुहाउने क्रममा करेन्ट लागेर ३८ वर्षीया लीलामाया धिमालको मृत्यु भएको छ।
प्रहरीका अनुसार आफ्नै घरमा पानी तान्ने मोटर अन गर्ने क्रममा उनलाई करेन्ट लागेको हो।
गम्भीर घाइते अवस्थामै अस्पताल पुर्याइएकी उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।


