Friday, June 05, 2026
Home > स्थानीय समाचार > झापाको विद्यालयमा झन्डै १ करोड भ्रष्टाचार, प्रअ र लेखापालविरुद्ध मुद्दा

झापाको विद्यालयमा झन्डै १ करोड भ्रष्टाचार, प्रअ र लेखापालविरुद्ध मुद्दा

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार दुवै जनाले मिलेमतोमा करिब १ करोड रुपैयाँ बराबरको सार्वजनिक रकम हिनामिना गरेका छन्।

नमुना विद्यालय भवन निर्माणमा बढी बिल बनाइ भुक्तानी लिने, नगद रकम तथा बेरुजु रकमसमेत अनियमित रूपमा प्रयोग गरेको आरोप उनीहरूमाथि छ।

आरोपपत्रमा उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *