विराटनगर, वैशाख १४ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको निर्देशनमा सुकुम्बासी बस्तीमा डोजर चलाउने निर्णयको तीव्र विरोध गरेका छन्। सामाजिक सञ्जालमा निरन्तर सरकारको आलोचना गर्दै साम्पाङले सुकुम्बासीलाई बेघर बनाउन नपाइने र सरकारले उनीहरूको बसोबासका लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने कुरा उठाएका छन्। उनले आफ्नो फेसबुकमा लेखे, “डोजर चलाएर सुकुम्बासीलाई लखेट्न पाइँदैन।”
हर्क साम्पाङले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने जोड दिएका छन्। उनले भने, “यदि भोक लागेर चोरी गर्छ भने सरकारलाई जेल हाल्नुपर्छ।” साथै, उनले सरकारको असंवेदनशीलता र मौन विपक्षी दलहरूलाई पनि आलोचना गरे।


