काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले राष्ट्रियसभाको संसदीय दलको नेता फेर्ने चर्चा अहिलेका लागि उचित नभएको बताएका छन्।
कृष्णप्रसाद सिटौलालाई हटाउने विषय उठिरहेका बेला उनले यस्तो कदमले पार्टी र लोकतान्त्रिक अभ्यास दुवैलाई नकारात्मक असर पार्ने बताए।
विश्वकर्माले पार्टीका अन्य महत्वपूर्ण काम छाडेर आन्तरिक विवाद बढाउनु ठीक नहुने उल्लेख गरे।


