Friday, June 05, 2026
Home > मनोरञ्जन समाचार > ‘लालीबजार’ रोकिएपछि निर्माण टिमले कानुनी विकल्प खोज्ने तयारी

‘लालीबजार’ रोकिएपछि निर्माण टिमले कानुनी विकल्प खोज्ने तयारी

काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन अदालतले रोकेपछि निर्माण पक्षले कानुनी उपचार खोज्ने बताएको छ।

उच्च अदालत पाटनले वैशाख २२ सम्म चलचित्र प्रदर्शन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो।

आदेशसँगै तय गरिएको प्रिमियर शो स्थगित गरिएको निर्माण टिमले जनाएको छ।

कार्यकारी निर्माता प्रदीप भट्टराईले अदालतको आदेश सम्मान गर्ने तर आवश्यक परे कानुनी बाटो पनि अपनाउने बताएका छन्।

बादी समुदायको कथामा आधारित चलचित्रमा केही शब्दप्रयोगप्रति आपत्ति जनाउँदै रिट दायर गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *