काठमाडौं । सभामुख डीपी अर्यालले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनमा सरकारले गति दिनुपर्ने बताएका छन्।
चिनियाँ राजदूत झाङ माओमिङसँगको भेटमा उनले व्यापार, पूर्वाधार विकास, कनेक्टिभिटी र लगानी विस्तारमा सहकार्य बढाउनुपर्नेमा जोड दिए।
अर्यालले नेपाल–चीन सम्बन्ध ऐतिहासिक र मैत्रीपूर्ण रहेको उल्लेख गर्दै एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता दोहोर्याए।
भेटमा दुवै पक्षले आपसी सहयोग र विकास साझेदारीलाई थप मजबुत बनाउने विषयमा छलफल गरेका थिए।


